समचार

मिक्वाखोला गाउँपालिकाको WEBSITE मा स्वागत छ।

वडा नं ३, लिवाङ

साविक लिवाङ गा.वि.स को वडा नं. १ देखी  ९ सम्मका नौ वटा वडाहरु मिलाएर संघिय संरचना अनुसार २०७३ सालमा हालको मिक्वखोला गाउँपालिका ३ नं. वडा भएको छ ।

यस वडामा २०७९ सालको स्थानिय तह निर्वाचनबाट दोस्रो वडा समिति गठन भएको छ । ताप्लेजुङ जिल्लाको सदरमुकाम देखी २५ किलोमिटेर उत्तर पश्चिममा रहेको मिक्वाखोला गाउँपालिकाको ३ नं. वडाको कुल क्षेत्रफल १६.८५ वर्ग कि.मि. रहेको छ।

यस वडाको पुर्वमा फक्ताङलुङ गाउँपालिकाको वडा नं. २ खेजेनिम रहेको छ । पश्चिममा मेरिङदेन गाउँपालिकाको वडा नं. ५, थुकिमा पर्दछ, उत्तरमा मिक्वाखोला गा.पा.को वडा नं. ४, साँवा रहेको छ भने दक्षिणमा मिक्वाखोला गा.पा.को वडा नं. १ र २  रहेको छ।

यस वडामा अति नै रमणिय हरियाली वनजंगल, मठमन्दिर, बाटाघाटा, विजुली वत्ती, इन्टरनेट समेतको पँहुच रहेको  छ।यस वडाको स्थानिय सरकारको पहलमा विकास निर्माणका कार्यहरु तिव्र रुपमा अगाडि बढि रहेका छन । यस वडामा वसोवास गर्ने क्षेत्री, व्राह्मण, राई, लिम्वु, तामाङ, नेवार, कामी , दमाई, मगर आदि मिश्रित जनजातिको वसोवास रहेको साझा फुलवारीको रुपमा रहेको छ । यस वडाका वासिन्दाहरु वैदेशिक रोजगार, पशुपालन, खेतिपाती, नगदेवाली, व्यापार व्यवसाय गरी जिविकोपार्जन गर्दछन्।

यस वडामा जम्मा घरधुरी संङख्या ३५८ छ भने यस वडाको कुल जनसंङ्ख्या १७५३ रहेको छ । यस वडामा वडा कार्यालय-१, शैक्षीक क्षेत्रमा माध्यमिक विद्यालय - १, आधारभुत विद्यालय - ४ र विद्यालयमा आधारित वाल विकास केन्द्र ५ वटा रहेका छन ।

Population: 
१७५३
Ward Contact Number: 
9842747825